बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माज्दाको नयाँ एसयूभी सीएक्स ६० सार्वजनिक, मूल्य १ करोड ५१ लाख

शनिबार, साउन २४ २०८२
माज्दाको नयाँ एसयूभी सीएक्स ६० सार्वजनिक, मूल्य १ करोड ५१ लाख

जापानी कार ब्रान्ड माज्दको नयाँ एसयूभी सीएक्स ६० सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ सीएक्स ६० सार्वजनिक भएको हो।

काठमाडौं- जापानी कार ब्रान्ड माज्दको नयाँ एसयूभी सीएक्स ६० सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ सीएक्स ६० सार्वजनिक भएको हो।

माज्दाको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले नयाँ एसयूभी सीएक्स ६० नेपाली बजारमा ल्याएको हो। 

नाइमा मोविलिटी एक्स्पोको चौथो दिन पारामाउन्ट मोटर्सले माज्दा सीएक्स ६० आधिकारीक रुपमा सार्वजनिक गरेको छ।

पारामाउन्ट मोटर्स स्रोतका अनुसार सीएक्स ६० मोडल अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध  भएको छ। नाइमा अवलोकन गर्नेका लागि जापानी उत्पादकको नयाँ प्रिमियम एसयूभी विल्कुलै नयाँ मोडलमा आएको हो। 

४५ यस ५० एमएम लामो, १८ सय ४० एमएम चौडा र १६ सय ६० उचाइ रहेको सीएक्स ६० को मूल्य १ करोड ५१ लाख रुपैयाँ तोकिएको छ। माज्दा सीएक्स ६० को ग्रान्ड क्लियरेन्स २ सय एमएम रहेक९ छ।

माज्दाले सीएक्स ६० मोडलमा २.५ लिटर इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम १ सय ८५ हर्स पावर जेनेरेटर गर्छ। यसको पिकटर्क २ सय ५० एनएम छ।

यसको इन्टेरियर निकै प्रिमियम देखिन्छ। १ सय ८० किलोमिटर प्रतिघन्टाको टप स्पीड रहेको सीएक्स ६० एसयूभीमा सुरक्षा विशेषता उल्लेख्य छ।


प्रकाशित : शनिबार, साउन २४ २०८२१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend