बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फक्सवागनका पावरफुल दुई मोडल भर्टस र टाइगुन नेपाली बजारमा

बुधबार, साउन २१ २०८२
फक्सवागनका पावरफुल दुई मोडल भर्टस र टाइगुन नेपाली बजारमा

भर्टस जीटी सेडान र टाइगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा फाइभ स्टार पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ।

काठमाडौं- नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्रान्ड फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले भर्टस सेडान र नयाँ टाइगुन गाडीको लञ्च नाईमा अटो शो मा गरेको छ। 

यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ। जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ।

यी दुवै गाडीहरुको अनावरण नाइमा नेपाल मोबिलिटी एक्सपोमा जर्मन दूतावासका उदो भोल्ज गरेका थिए। अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरुमा पावरको आवश्यकताअनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५ सय सीसीबाट १ सय ५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ। 

भर्टस जीटी सेडान र टाइगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा फाइभ स्टार पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ।

फक्सवागन भर्टस सेडान

फक्सवागन भर्टस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभीभन्दा पनि बढी अर्थात १ सय ८० एमएमको ग्राउन्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन। बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउन्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामिण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ।

taigun.jpg

फक्सवागन टाइगुन जीटी एसयूभी 

नेपालको बाटोमा सुहाउँदो १ सय ८८ एमएमको ग्राउन्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरु राखिएको छ। उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल आदी दुवै मोडलमा राखिएको छ। 

यसै कार्यक्रममा विशेष अतिथिका रुपमा उत्पादकका तर्फबाट प्रतिनिधित्व गर्ने सेल्जि जोजेफले भने यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरि बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौँ। बिक्री पश्चात्को पार्टस्को मूल्यहरु पनि अन्य भारतीय गाडीहरु बराबर रहेको हुनाले मर्मत सम्भार खर्च पनि धेरै कम हुने कुरामा विश्वस्त रहेको बताए। 

कार्यक्रममा बोल्दै आयातकर्ता पूजा ईन्टरनेसनलका सीईओ बिवेक विजुक्छेले फक्सवागन पावरफुल इन्जिनका साथ नेपाली बजारमा जर्मन इन्जिनियरङको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले भर्टस सेडान तथा टाइगुन एसयूभीका साथ आएको बताए। विगतमा जस्तै ग्राहकहरुको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको उनको भनाइ छ। 

फक्सवागन ब्राँन्डका गाडीहरु सन् २००८ देखि बिक्री वितरण गर्दै आएको पूजा इन्टरनेसनलले विगतमा विश्व प्रसिद्ध मोडलहरु जस्तै पोलो, भेन्टो, टिगुआन, जेटा, पसाट, ट्वारेगहको सफलतापूर्वक बिक्री वितरण गर्दै आइरहेको छ। 

हाल यस कम्पनीको देशभरी प्रमुख सहरहरु विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा सर्भिस तथा पार्टस् सेन्टर रहेको छ। 


प्रकाशित : बुधबार, साउन २१ २०८२१९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend