बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री ओलीले तुर्किमेनिस्तानका राष्ट्रपतिलाई दिए नेपाल भ्रमणको निम्तो

बुधबार, साउन २१ २०८२
प्रधानमन्त्री ओलीले तुर्किमेनिस्तानका राष्ट्रपतिलाई दिए नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी ओलीले आवाजा सहरमा एलएलडीसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको भव्य आयोजनाका लागि त्यहाँका राष्ट्रपतिलाई धन्यवाद दिए।

तुर्कमेनिस्तान- प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रण गरेका छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताए।

सो अवसरमा उनले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराएका थिए। 

प्रधानमन्त्री ओलीले आवाजा सहरमा एलएलडीसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।

हरेक १० वर्षमा हुने सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी छन्। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend