बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिपमोटर बी टेन सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

बुधबार, साउन २१ २०८२
लिपमोटर बी टेन सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं- लिपमोटरको बी टेन एसयूभी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको छ। लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बी टेन क्रसओभर एसयूभीको दुई भेरियन्ट नेपाल ल्याएको हो।

सांग्रिला मोटर्सले बी टेनको सुरुवाती मूल्य ४९ लाख ९९ रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। 

कम्पनीले दुई ब्याट्री अप्सनमा बी टेन ल्याएको कारण ब्याट्री क्षमताका आधारमा यसको मूल्य पनि फरक भएको कम्पनीको भनाइ छ। दुवै भर्सनमा मोटर पावर भने एउटै १ सय ६० किलोवाट क्षमताको छ। 

बीटेनको पिकटर्क भने २ सय ४० एनएम रहेको छ। साथै रियर ह्वील ड्राइभ सिस्टम भएको कारण यसको पर्फमेन्स उच्च हुनेछ। 

सांग्रिला मोटर्सले बी टेन एसयूभीमा ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। यी ब्याट्रीलाई ११ किलोवाटसम्म क्षमताका एसी चार्जर र १ सय ६८ किलोवाटसम्मका डीसी फास्ट चार्जरको प्रयोगबाट चार्ज गर्न सकिने छ। 

सहरी क्षेत्रमा ४ सय ६० किलोमिटर रेन्ज दिने दाबी गरिएको बी टेन एसयूभीमा एडास लेभल टूलगायत अत्याधुनिक विशेषता रहेका छन्। 

साइजको आधारमा पनि बी टेन धेरैको रोजाइमा पर्न सक्ने एसयूभी हो। यसको लम्बाइ ४५ सय १५ एमएम, चौडाइ १८ सय ८५ एमएम र उचाइ १६ सय ५५ एमएम छ। यसमा २७ सय ३५ एमएम लामो ह्वीलवेस रहेको छ। 


प्रकाशित : बुधबार, साउन २१ २०८२१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend