बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फोरथिङ ब्रान्ड नेपाली बजारमा, आकर्षक मूल्यसहित नाइमामा फ्राइडे ईभी सार्वजनिक

बुधबार, साउन २१ २०८२
फोरथिङ ब्रान्ड नेपाली बजारमा, आकर्षक मूल्यसहित नाइमामा फ्राइडे ईभी सार्वजनिक

फोरथिङ फ्राइडे ईभी दुई भेरियन्टमा लक्जरी र एक्सक्लुसिभमा उपलब्ध छ। यसको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।

काठमाडौं- लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई मोबिलिटीले नयाँ विद्युतीय कार ब्रान्ड फोरथिङ सार्वजनिक गरेको छ। कम्पनी बुधबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा औपचारिक रुपमा फोरथिङ ब्रान्ड र यसको फ्राइडे ईभी सार्वजनिक गरेको हो।

फोरथिङ फ्राइडे ईभी दुई भेरियन्टमा लक्जरी र एक्सक्लुसिभमा उपलब्ध छ। यसको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।

नाइमाको विशेष अफरअन्तर्गत कम्पनीले दुवै भेरियन्टमा सीमित समयका लागि २ लाख रूपैयाँ छुट र एक वर्षको बीमा पनि दिने घोषणा गरेको छ। उक्त छुटपछि लक्जरी भेरियन्टलाई ४८ लाख ९६ हजार र एक्सक्लुसिभ भेरियन्टलाई ५४ लाख ९६ हजार रुपैयाँमा कायम भएको छ।

फोरथिङ फ्राइडे ईभीमा ६४.४ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर रहेको छ। यसको भित्री बनावट सहजता र आरामलाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ।

गाडीमा मसाज स्पोर्टस सिट रहेको छ, जसले यात्रालाई थप आरामदायी बनाउने कम्पनीले उल्लेख गरेको छ। एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि उपलब्ध छ।

फोरथिङसँग सहकार्य गर्दै लक्ष्मी ई मोबिलिटीले नेपालमा वातावरणमैत्री सवारीसाधन पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको बताएको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend