बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रिमियम एसयूभी 'जेइको जे फाइभ' नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक, ४ लाख रुपैयाँ छुट दिइँदै

बुधबार, साउन २१ २०८२
प्रिमियम एसयूभी 'जेइको जे फाइभ' नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक, ४ लाख रुपैयाँ छुट दिइँदै

त्यसैगरी, कम्पनीले ओमोडा र जेइको ब्रान्डका नेपालमा उपलब्ध सफल मोडेलहरूमा पनि नाइमा विशेष मूल्यहरू लागु गरेको छ।

काठमाडौं- एसपीजी अटोमोबाइल्स प्रालिले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रिमियम एसयूभी ‘जेइको जे फाइभ’ सार्वजनिक गरेको छ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई फाइभ र जेइको जे सिक्सको लाइनअपसँगै नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको रूपमा जे फाइभ प्रस्तुत गरेको हो।

सहरी सडकदेखि अफ-रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे फाइभ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गर्दछ।

रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस जस्ता बेस्ट-इन-क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूका लागि एक विशेष र आकर्षक विकल्प बनाएको छ।

नाइमा एक्सपो विशेष अफरअन्तर्गत जेइको जे फाइभको मूल्य एमआरपी ६० लाख ९९ हजार तोकिएको भए तापनि, ग्राहकहरूले यसलाई ५६ लाख ९९ हजार रुपैयाँमा बुकिङ गर्न सक्नेछन्।

त्यसैगरी, कम्पनीले ओमोडा र जेइको ब्रान्डका नेपालमा उपलब्ध सफल मोडेलहरूमा पनि नाइमा विशेष मूल्यहरू लागु गरेको छ।

ओमोडा ई फाइभ - नाइमा विशेष मूल्य: ५४ लाख ९९ हजार (सुरुवाती मूल्य: ६१ लाख ९९ हजार)

जेइको जे सिक्स - नाइमा विशेष मूल्य: ६५ लाख ९९ हजार (सुरुवाती मूल्य: ७१ लाख ९९ हजार)

ब्याट्रीको मूल्य घट्दै गएको र उत्पादन संख्या बढ्दै गएको अवस्थामा प्रमुख आपूर्ति कम्पनीले मूल्य समायोजन गरेको छ। सोही समायोजनबाट प्राप्त लाभ नाइमा मोबिलिटी एक्सपो २०२५ मा उचित मूल्य नीतिमार्फत ग्राहकहरूलाई हस्तान्तरण गरिएको हो। 

नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ओमोडा वा जेइको का कुनै पनि मोडेल बुक गर्ने सबै ग्राहकहरूले विशेष अफरहरू र आकर्षक छुटहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। 

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा र जेइको ब्रान्डको लागि आधिकारिक वितरक हो। यसले नेपाली ग्राहकहरूलाई यी ब्रान्डका गाडीहरूको बिक्री, सेवा तथा आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।


प्रकाशित : बुधबार, साउन २१ २०८२१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend