बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

सरकारले सवारीमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ : अर्थमन्त्री

बुधबार, साउन २१ २०८२
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्ड सहभागी छन्। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।

काठमाडौं- 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' सुरू भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन्।

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा)को आयोजनामा सुरू भएको मोबिलिटी एक्स्पो २०२५ पाँच दिनसम्म चल्नेछ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा साउन २५ गतेसम्म नेपालमा उपलब्ध सवारीसाधनको अवलोकन तथा जानकारी लिन सकिनेछ।

नाइमाले स्थापनाको वर्ष नै राम्रो शो आयोजना गरेको र यसले आटोमोबाइल क्षेत्रलाई योगदान गर्ने अर्थमन्त्री पौडेलले बताए। 'सरकारले देशभरका सडक पूर्वाधारलाई चौडा र फराकिलो बनाउने कामलाई तीव्रता दिएर सवारीमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ,' उनले भने, 'सरकारले कनेक्टिभिटीलाई अभियानकै रूपमा लिएको छ।' 

सरकारले काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउन यो वर्षको बजेटमा प्राथमिक दिइएको र सम्बन्धित मन्त्रालय र निकायले काम थालिसकेको उनले बताए। 'ग्लोबल टेन्डर नै गर्नुपरे पनि त्यसबाट २/३ वर्षमा प्रदर्शनीस्थल निर्माण भइसक्ने विश्वास सरकाले लिएको छ,' अर्थमन्त्री पौडेलले भने।

bishnu.jpg

सरकारले बजेटमा नीतिगत स्थिरता कायम गरेको समेत पौडेलले बताए। 'सरकारले राजस्व पर्याप्त भएर नभइ नीतिगत स्थिरताका लागि अटोमोबाइलमा कर नबढाइएको हो,' उनले भने, 'व्यवसायीको मनोबल बढाउन सरकारले नीतिगत स्थिरता कायम राखेको हो।' अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको र यो सुधारमा तीव्रता सरकारले चाहेको पौडेलको भनाइ छ।

नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्ड सहभागी छन्। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।

४८ वटा स्टल रहेको मोबिलिटी एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र ८ वटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्।

कार ब्रान्ड

सिट्रोन, फर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, किया, केई, लिपमोटर, एलईभी वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा/जेइको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन जिकर र बीर्वाडी

दुईपांग्रे सवारी ब्रान्ड

एम्पियर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया र जीहो

कमर्सियल ब्रान्ड

चेरी वान्डा, डोङफेङ, फारिजोन, ह्वाजी, कामा, क्यारी, किङलङ र सनलङ


प्रकाशित : बुधबार, साउन २१ २०८२१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend