बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'नाडा अटो शो २०२५' भदौ ३ गतेदेखि, रोबोटदेखि भिन्टेज कारसम्म प्रदर्शनीमा राखिने

मंगलबार, साउन २० २०८२
'नाडा अटो शो २०२५' भदौ ३ गतेदेखि, रोबोटदेखि भिन्टेज कारसम्म प्रदर्शनीमा राखिने

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाउने छन्। त्यस्तै ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने नाडाले जनाएको छ।

काठमाडौं- भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म देख्न पाइने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी देख्न पाइने नाडाले जनाएको छ। 

नाडाले ‘नाडा अटो शो २०२५’ को तयारीबारे मंगलबार पत्रकार सम्मेलन गर्दै अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कारसम्म प्रदर्शनी गरिने जानकारी दिएको हो। नाडाका अध्यक्ष करण चौधरीले अटो शोलाई भव्य बनाउन ३६ ब्राण्डका सवारीसहित पहिलोपटक रोबोटदेखि उड्ने कारसम्म प्रदर्शन गर्न लागिएको जानकारी दिए। 

यसका साथै १ दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि हुने उनको भनाइ छ। उनका अनुसार अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने अध्यक्ष चौधरीको भनाइ छ। 

नाडा अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिने भएको छ।

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाउने छन्। त्यस्तै ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने नाडाले जनाएको छ।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्टसको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको नाडाको भनाइ छ।

अटो शोमा मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए। अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम आयोजना गर्ने तयारी नाडाले गरेको छ।

अटो शोको लागि टिकट बुकिङ खुलाइ भइसकेको र भदौ २ गतेसम्म बुकिङ गर्नेले २० प्रतिशत क्यासब्याक पाउने छन्। नाडा अटो शो २०२५ को मुख्य प्रायोजक एमएडब्लू वृद्धि रहेको छ। एमएडब्लूले ल्याएको रोबोट र उड्ने कार नाडाको आकर्षणका रुपमा रहने अनुमान गरिएको छ। 


प्रकाशित : मंगलबार, साउन २० २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend