बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धमाधम तयार हुँदै छ नाइमा मोबिलिटी एक्स्पोको स्टल

मंगलबार, साउन २० २०८२
धमाधम तयार हुँदै छ नाइमा मोबिलिटी एक्स्पोको स्टल

नाइमाका अनुसार १५ मोडलका चारपांग्रे सवारी साधन, १५ नयाँ मोडलका टु ह्वीलर, एउटा थ्री ह्वीलर्स र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन्।

काठमाडौं- भोलि बुधबारदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को तयारी तीव्र रुपमा भइरहेको छ। मोबिलिटी एक्स्पोमा सहभागी कम्पनीहरुले स्टल निर्माणलगायत तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। 

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले पहिलो पटक आयोजना गर्न लागेको मोबिलिटी एक्स्पोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। 

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मोबिलिटी एक्स्पोमा सहभागी ब्राण्डहरुले आकर्षक स्टल बनाइरहेका छन्। अधिकांश ब्रान्डले स्टल निर्माण अन्तिम चरणमा पुर्‍याएका हुन्। नाइमाले एक्स्पो सुरु हुनेभन्दा अघिल्लो दिन रातिसम्ममा सबै काम सक्न भनेको छ। 

विगतका अटो शोमा भन्दा फरक र आकर्षक स्टल बनाउन नाइमा लागि परेको देखिन्छ। सबैले एक अर्काको भन्दा फरक, आकर्षक, कलात्मक स्टल निर्माण गरिरहेको देखिन्छ। सबै काम सकिँदा थप आकर्षक देखिनेछ। 

naima stall  (2).jpg

मोबिलिटी एक्स्पोमा ५० ब्रान्डले सहभागी हुँदैछन्। पहिलोपटक हुन लागेको नाइमा मोबिलिटी एक्स्पो विभिन्न चारपांग्रे, दुईपांग्रे र कमर्सियल गरेर ५० ब्राण्डले सहभागिता हुने तय भइसकेको छ। सहभागी ब्रान्डहरूले ३५ नयाँ मोडल सार्वजनिक गर्न लागेको बताएका छन्।  

नाइमाका अनुसार १५ मोडलका चारपांग्रे सवारी साधन, १५ नयाँ मोडलका टु ह्वीलर, एउटा थ्री ह्वीलर्स र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन्।

नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका लागि कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डपभित्रै पार्किङको व्यवस्था गरेकाले यसमा आउने अवलोकनकर्ताले असुविधा महसुस गर्नु नपर्ने जनाएको छ। 

naima stall  (3).jpg
naima stall  (4).jpg
naima stall  (5).jpg
naima stall  (6).jpg
naima stall  (7).jpg


प्रकाशित : मंगलबार, साउन २० २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend