बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शोमा दिपलका उड्ने कार र युनिट्री रोबोट देख्न पाइने

मंगलबार, साउन २० २०८२
नाडा अटो शोमा दिपलका उड्ने कार र युनिट्री रोबोट देख्न पाइने

भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औँ संस्करणको नाडा अटो शो २०२५ मा उड्ने कार र रोबट देख्न पाइने भएको छ।

काठमाडौं- यो वर्षको नाडा अटो शोमा उड्ने कार र रोबोट देख्न पाइने भएको छ। नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोमा यो वर्ष आधुनिक उपकरण देख्न पाइने भएको हो। 

भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७ औँ संस्करणको नाडा अटो शो २०२५ मा उड्ने कार र रोबोट देख्न पाइने भएको छ। चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको युनिट्री रोबोट नाडामा प्रदर्शनीका लागि राखिने छ।

युनिट्री ’नाडा अटो शो २०२५’ को टाइटल स्पोस्सरसमेत रहेको छ। हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले युनिट्री रोबोटको ट्रेडमार्क बनाएर यही नाममा रोबोट म्यान र रोबोट डग उत्पादन गरिरहेको छ। नाडा अटो शोमा रोबोट म्यान तथा रोबोट डग दुवै प्रदर्शनीमा राखिने भएको छ। 

त्यस्तैगरी नाडा अटो शोमा दिपलको उड्ने कार पनि देख्न पाइने भएको छ। एमएडब्लू समूहअन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले दिपलका अत्यधुनिक विशेषतायुक्त विद्युतीय कार बिक्री गर्दै आएको छ। कम्पनीले नाडा अटो शो २०२५ को आकर्षणका रुपमा रहने उड्ने कार शोकेसमा राख्न लागेको हो। 

भविष्यको सहरी यातायातको रुपमा रहने अनुमान गरिएको उड्ने कार धेरैको चासोको विषय बनेको छ। अमेरिकादेखि चीनसम्मले उड्ने कारका लागि आवश्यक कानून बनाइसकेको र बनाउने क्रममा रहेका छन्। त्यस्तै खाडी मुलुकहरू दुबईलगायत देशले पनि उड्ने कारको परीक्षणलगायतको अनुमति दिइसकेका छन्। 

flying car.jpg

यस्तै सन्दर्भमा नेपाली बजारमा पनि शोकेसकै लागि भएपनि उड्ने कार नेपाल आएको छ। नेपालमा उड्ने कार ल्याउने पहिलो कम्पनी एमएडब्लू बनेको छ। एमएडब्लूले नेपालमै पहिलोपटक दिपलको उड्ने कार ‘दिपल इभीटीओल युएभी’ नाडामा शोकेसका लागि राखिने छ। 

नाडाले मंगलबार नाडा अटो शो २०२५ बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। दिपलले विकास गरेको उड्ने कार सिधै उड्न र ल्यान्ड गर्न सक्छ। कम्पनीले यसलाई अनम्यान्ड एरियल भेहिकल (यूएभी) भनेको छ। 

यो उड्ने कार पूर्ण विद्युतीय हो। चीनमा धेरै वटा कम्पनीहरूले उड्ने कार बनाइरहेका छन्। गएको अप्रिलमा भएको सांघाई अटो शो २०२५ मा ५ वटा ब्रान्डले उड्ने कार शोकेसमा राखेका थिए। चीनमा केही कम्पनीले उड्ने कार चलाउनकै लागिसमेत अनुमति पाइसकेका छन्।


प्रकाशित : मंगलबार, साउन २० २०८२१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend