बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रेड सीको तनाबले दक्षिण एसियामा इन्टरनेट अवरोधको त्रास

मंगलबार, साउन २० २०८२
रेड सीको तनाबले दक्षिण एसियामा इन्टरनेट अवरोधको त्रास

जतिबेला पनि आक्रमणको जोखिम हुने भएकाले भाडा पनि उत्तिकै महंगो हुने र यसले गर्दा डेटाको लागत बढाउने जोखिम बढेको छ। भारतसँग आफ्नै मर्मत संयन्त्र नभएकाले पनि भारतीय कम्पनीको चिन्ता बढेको छ।

काठमाडौं- यमन र इरान निकट मानिएको हुथी समूहले रेड सीमा आक्रमण र तोडफोडको गतिविधि बढाएपछि दक्षिण एसियामा इन्टरनेट कनेक्टिभिटी जोखिममा परेको छ।

भारतलगायत यो भूभागमा मुख्य सेवाप्रदायकहरूको केबल रेड सी हुँदै आउँछ। युरोप तथा अमेरिकासँग जोड्ने मुख्य र छोटो मार्ग भएकाले सोही मार्ग हुँदै सवमरिन केबल सञ्जाल रहेको छ।

सोही मार्गको घाँटीमै हुथीहरूले निसाना बनाइरहेका छन्। विशेषगरी इजरायल र इजरालयप्रति सद्भाव राख्ने देशका सम्पत्तिलाई निसाना यो समूहले बनाइरहेको छ।

जहाजमाथि आक्रमण, तोडफोटलगायतका गतिविधि यो समूहले गरिरहेको छ। यही कारण भारतीय कम्पनीका केबल पनि जोखिममा परेका हुन्। जीयो तथा एयरटेलका केबल पनि सोही मार्ग हुँदै आएका छन्। 

यदि केहीगरी केबल काटियो भने मर्मतको समस्या रहेको कम्पनीका प्रतिनिधिहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन्। केबल काटिनुभन्दा पनि मर्मतमा समस्या हुने उनीहरूको भनाइ छ। 

जतिबेला पनि आक्रमणको जोखिम हुने भएकाले भाडा पनि उत्तिकै महँगो हुने र यसले गर्दा डेटाको लागत बढाउने जोखिम बढेको छ। भारतसँग आफ्नै मर्मत संयन्त्र नभएकाले पनि भारतीय कम्पनीको चिन्ता बढेको छ।

यो मार्गको बिकल्पका लागि तयारी भएपनि पहिलो कुरा तत्काल काटिएमा उपलब्ध नहुने यदि भइहाले पनि अहिलेको जस्तो द्रुत गतिको कनेक्टिभिटी नहुने भएको छ। 

यसबाट नेपाल पनि प्रभावित हुनसक्छ। नेपालमा पनि प्राय सबै इन्टरनेट सेवाप्रदायकले भारतबाटै ब्यान्डविथ ल्याउँछन्। यद्यपि नेपाल टेलिकमले चीनसँग कनेक्टिभिटी जोडे पनि त्यसको प्रवाह खासै बढ्न सकेको छैन। 


प्रकाशित : मंगलबार, साउन २० २०८२०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend