बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फक्सवागनको नयाँ कार 'भर्टस' नाइमामा सार्वजनिक हुँदै

सोमबार, साउन १९ २०८२
फक्सवागनको नयाँ कार 'भर्टस' नाइमामा सार्वजनिक हुँदै

निकै मोर्डन क्याबिन लेआउट भएको भर्टसमा १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ।

काठमाडौं- पूजा इन्टरनेसन प्रालिले फक्सवागनको नयाँ कार नेपाली बजारमा ल्याएको छ। जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजाले ल्याएको नयाँ सेडान कार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक हुनेछ। नाइमा मोबिलिटी एक्स्पो आउँदो बुधबारदेखि सुरु हुँदैछ। 

पूजाले केही दिनअघि फक्सवागनको नयाँ सेडान कार 'भर्टस' परीक्षण गरिसकेको छ। भारतमा उत्पादन भएको यो कारमा १.५ लिटर टर्बाे इन्जिन रहेको छ। यो कारमा ६ स्पीड म्यनुअल र अटोमेटिक गियरबक्स रहेको छ। 

फक्सवागन विश्व बजारमा विलासी कार उत्पादकका रुपमासमेत चिनिन्छ। भर्टस चलाउन सहज र स्पोर्टी सेडानको फिल र लक्जरी महसुस गर्न सकिन्छ। 

कम्पनीले नाइमा मोबिलिटी एक्स्पोबाट भर्टसको मूल्य घोषणा गरेर बिक्री सुरु गर्नेछ। जर्मन ब्राण्ड फक्सवागनले भारतमा उत्पादन गरेको भर्टसको अगाडिको डिजाइन निकै सार्प देखिएको छ। 

Virtus (1).jpg

फक्सवागेनको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित भर्टसमा निकै आकर्षक हेडलाइट छ। भर्टसको ग्रिल र बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरिएको छ।

निकै मोर्डन क्याबिन लेआउट भएको भर्टसमा १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ। साथै सनरुफ, वायरलेस चार्जर, ८ वटा स्पिकरसहितको अडियो सिस्टमले युवाहरुको आकर्षण बढाउने अनुमान गरिएको छ। 

भर्टसको लम्बाइ ४ हजार ५ सय ४१ एमएम, चौडाइ १ हजार ७ सय ५२ एमएम र उचाइ १ हजार ४ सय ८७ एमएम छ। यसमा २ हजार ६ सय ५१ एमएम लामो ह्वीलवेस रहेको छ। यो कारमा ५ सय २१ लिटरको बुट स्पेस उपलब्ध छ।

Virtus (2).jpg

फक्सवागन भर्टसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटोमेटिक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, ईएससी, ईडीएसलगायत आधुनिक विशेषताहरु उपलब्ध छन्। 

फक्सवागनको भेन्टो, पसाटलगायन सेडान कार नेपाली उपभोक्ताको रोजाइमा रहँदै आएका छन्। 

Virtus (4).jpg

Virtus (5).jpg


प्रकाशित : सोमबार, साउन १९ २०८२१६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend