बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बजाजको विद्युतीय स्कुटर चेतक सार्वजनिक, मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ

सोमबार, साउन १९ २०८२
बजाजको विद्युतीय स्कुटर चेतक सार्वजनिक, मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ

सोही चेतक विद्युतीय स्कुटर नेपाली बजारमा पनि आइपुगेको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजको चेतक विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।

काठमाडौं- भारतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी बजाज अटोको आइकोनिक मोडल हो चेतक। १९७२ मा बजाजले चेतक स्कुटर उत्पादन सुरु गरेको थियो। चेतको विद्युतीय भर्सन नेपाली बजारमा आइपुगेको छ। 

बजाजले पेट्रोल भर्सनको चेतक २००६ मा औपचारिक रुपमा उत्पादन बन्द गरेर २०२० मा भारतीय बजारमा यसकै विद्युतीय भर्सनको उत्पादन थालेको थियो। चेतक उत्पादन बन्द भएको १४ वर्षपछि बजाजले चेतक इलेक्ट्रिक ब्रान्ड नेममा विद्युतीय स्कुटर बजारमा ल्याएको थियो।

सोही चेतक विद्युतीय स्कुटर नेपाली बजारमा पनि आइपुगेको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजको चेतक विद्युतीय स्कुटर सार्वजनिक गरेको हो। 

सुरुमा कम्पनीले परीक्षण प्रयोजनका लागि केही संख्यामा विद्युतीय स्कुटर ल्याएको थियो। परीक्षण सफल भएलगत्तै बिक्रीका लागि ल्याउने भनिएको चेतक विद्युतीय स्कुटर बिक्रीका लागि भने केही समय ढिलोगरी आएको हो। 

कम्पनीले निकै आकर्षक मूल्यमा चेतक विद्युतीय स्कुटर बिक्रीका लागि उपलब्ध गराउने तयारी गरेको छ। राम्रो रेन्ज दिने, विश्वसनीय ब्रान्ड, सर्भिस र स्पेयरको राम्रो नेटवर्क भएको कम्पनीले उत्पादन गरेको विद्युतीय स्कुटरको बजार मूल्य ४ लाख रुपैयाँभन्दा माथि रहेको छ। तर बजाजको चेतक त्योभन्दा प्रतिस्पर्धी मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँमा सार्वजनिक भएको छ।

हंसराज हुलासचन्द एन्ड कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा चेतक विद्युतीय स्कुटर प्रदर्शनीका लागि राख्दैछ। नाइमा मोबिलिटी एक्सपो यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। 

चेतक विद्युतीय स्कुटरको मुख्य विशेषता 

नेपालमा बजाज चेतक ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री उपलब्ध रहेको छ। यी ब्याट्री प्याक रहेका स्कुटरले १ सय ५३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

अत्याधुनिक विशेषताले चेतक विद्युतीय स्कुटर भरिएको छ। कीलेस स्टार्ट, मोबाइल एप्लिकेसन तथा वाईफाई कनेक्सन, लो ब्याट्री अलर्टलगायत विशेषता छन्। यो स्कुटरमा अगाडि डिस्क ब्रेकसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। बजाज चेतक मेटल बडी स्ट्रक्चरमा बनाइएको छ।  

यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १ सय ६० एमएम छ भने ह्वीलबेस १३ सय ३० एमएम छ। ३५ लिटरको थप स्टोरेज रहेको यो स्कुटरको कर्ब तौल १ सय ३४ किलो रहेको छ। 

चेतकलाई शून्यदेखि १ सय प्रतिशतसम्म फुल चार्ज गर्न ४ घण्टा हाराहारी समय लाग्छ। भारतमा बजाजले चेतक विद्युतीय स्कुटरमा ३ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी उपलब्ध गराएको छ।


प्रकाशित : सोमबार, साउन १९ २०८२११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend