बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९८.१७ मेगावाट क्षमताको चुवा खोला जलविद्युत आयोजनाको लागत १७ अर्ब ६९ करोड

आइतबार, साउन १८ २०८२
९८.१७ मेगावाट क्षमताको चुवा खोला जलविद्युत आयोजनाको लागत १७ अर्ब ६९ करोड

आयोजनाको क्षमता ७० मेगावाटबाट बढेर ९८.१७ मेगावाट भएको छ। आयोजना निर्माणको अवधि ४ वर्षको हुनेछ।

काठमाडौं- कर्णाली प्रदेशको हुम्ला जिल्लामा ९८.१७ मेगावाट क्षमताको चुवा खोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ।

आयोजनाको कुल लागत १७ अर्ब ६९ करोड ३० लाख ७० हजार रूपैयाँ रहेको छ। 

आयोजनाको क्षमता ७० मेगावाटबाट बढेर ९८.१७ मेगावाट भएको छ। आयोजना निर्माणको अवधि ४ वर्षको हुनेछ।

आयोजनाको सुरुमा प्रस्तावक सुपर मुगु कर्णाली हाइड्रोपावर प्रालि रहे पनि अहिले परिवर्तन भइ बिजबेल प्रालि भएको छ।

आयोजनाको सर्वेक्षण लाइसेन्स २०७६ माघमा जारी भएको थियो। सर्वेक्षण लाइसेन्स २०८० माघमै सकिएको भए पनि विद्युत उत्पादन अनुमतिपत्र लिने प्रक्रियामा रहेको रायसुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।


प्रकाशित : आइतबार, साउन १८ २०८२१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend