बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२६५ मेगावाटबराबरका २२ जलविद्युत् आयोजनामा लगानीको प्रस्ताव पेस गर्ने आज अन्तिम दिन

आइतबार, साउन १८ २०८२
२६५ मेगावाटबराबरका २२ जलविद्युत् आयोजनामा लगानीको प्रस्ताव पेस गर्ने आज अन्तिम दिन

कुल २२ आयोजना निर्माण-स्वामित्व-सञ्चालन-हस्तान्तरण (बुट) मोडलमा निजी क्षेत्रको सहभागितामा अघि बढाइनेछ।

काठमाडौं- देशभर १४ जिल्लामा फैलिएका २२ वटा जलविद्युत् आयोजनामा लगानीका लागि आशयपत्र (ईओआई) माग गरेको विद्युत् विकास विभागको प्रक्रियाअन्तर्गत आज (साउन १८) मा आवेदन दिने अन्तिम मिति रहेको छ। इच्छुक विकासकर्ताहरूले आयोजनासम्बन्धी प्राविधिक, कानूनी वा वित्तीय जिज्ञासाहरू आजसम्ममा विभागमा बुझाइसक्नु पर्नेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले साउन ११ गते पुनः ईओआई आह्वान गरेको थियो। कुल २२ आयोजना निर्माण-स्वामित्व-सञ्चालन-हस्तान्तरण (बुट) मोडलमा निजी क्षेत्रको सहभागितामा अघि बढाइनेछ। यी आयोजनाहरूको कुल सम्भावित उत्पादन क्षमता २६५.७७४ मेगावाट रहेको छ।

यसअघि साउन १७ गते विभागमा आयोजित प्री-ईओआई बैठकमा प्रस्तावकहरूलाई विस्तृत जानकारी दिइएको थियो। विभागले प्राप्त मागपत्र अनुसार आगामी साउन २१ गते सार्वजनिक गर्ने जनाएको छ।

ईओआई दर्ताको अन्तिम म्याद साउन २७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे विभागमा प्रस्तावपत्रहरू खोलिनेछन्। प्रस्ताव मूल्यांकनपछि उपयुक्त ठहरिएका कम्पनीहरूलाई आशयपत्र माग गरेर पठाइने विभागले जनाएको छ।

सबै आयोजनाहरू पश्चिम र सुदूरपश्चिमका साथै सोलुखुम्बु, म्याग्दी र ताप्लेजुङजस्ता हिमाली जिल्लामा समेत फैलिएका छन्। सबै आयोजना ५३ मेगावाटदेखि २ मेगावाट क्षमतासम्मका छन्।

यसपटक विभागले ५० मेगावाट क्षमताभन्दा माथिको अपर चमेलिया जलविद्युत् आयोजना (५३.८५ मेगावाट) दार्चुलामा लगानीका लागि खुला गरेको छ। त्यसबाहेक कवाडी खोला, मिडल इंखु, म्याग्दी खोला, जावा खोला, बुढीगंगा, माईवा, रुपागढ, लुंग्री खोला, न्यौरीगढ, भेरी खोला र डोटीगढजस्ता आयोजनाहरू पनि सूचीमा समावेश छन्।

ईओआईमा समावेश २२ आयोजना र तिनको क्षमता

आयोजना नाम क्षमता (मेगावाट)   जिल्ला
अपर चमेलिया जलविद्युत् आयोजना 53.85 MW   दार्चुला
कवाडी खोला-१ जलविद्युत् आयोजना 33.3 MW   हुम्ला, बझाङ
कवाडी खोला जलविद्युत् आयोजना 30.0 MW   हुम्ला, बाजुरा
मिडल इंखु खोला जलविद्युत् आयोजना 27.9 MW   सोलुखुम्बु
जुगडा बुढीगंगा जलविद्युत् आयोजना 15.5 MW   बाजुरा
जावा खोला जलविद्युत् आयोजना 15.25 MW   जुम्ला
म्याग्दी खोला जलविद्युत् आयोजना 15.2 MW   म्याग्दी
माईवा खोला जलविद्युत् आयोजना 12.504 MW   ताप्लेजुङ
बुढीगंगा सानो जलविद्युत् आयोजना 10.85 MW   बाजुरा
रुपागढ जलविद्युत् आयोजना 8.625 MW   डोल्पा
लुंग्री खोला जलविद्युत् आयोजना 6.0 MW   रुकुम (पूर्व)
भेरी खोला जलविद्युत् आयोजना 4.1 MW   जुम्ला
न्यौरीगढ जलविद्युत् आयोजना 4.015 MW   जुम्ला
डोटीगढ जलविद्युत् आयोजना 2.52 MW   डडेलधुरा


प्रकाशित : आइतबार, साउन १८ २०८२१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend