बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मध्य भोटेकोशी जलविद्युत उत्पादनका लागि तयार, वार्षिक ५४ करोड २२ लाख युनिट उत्पादन गर्ने लक्ष्य

पूर्वपरीक्षण गरी तयारी अवस्थामा रहन निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १६ २०८२
मध्य भोटेकोशी जलविद्युत उत्पादनका लागि तयार, वार्षिक ५४ करोड २२ लाख युनिट उत्पादन गर्ने लक्ष्य

प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो।

काठमाडौं- नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बद्ध अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउसलगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तैयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

पूर्णत स्वदेशी शिप र पुँजीबाट बनिरहेको सर्वाधिक ठूलो अयोजनाको रुपमा रहेको मध्य भोटेकोशीले गएको बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो। 

निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलोमिटरको सुरुङमा पानी चुहिने/नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका छन्। यसका साथै पावरहाउस लगायतका सबै पूर्वाधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्नसमेत निर्देशन दिइएको छ।

लामो समयको प्रतिक्षापछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो। मार्मिङ-९ चाकुमा बाँध र पावर हाउस जम्बुमा रहने आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। 

आयोजना निर्माणको काम केही महिनाअघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रबिसे-लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य रहेकोमा स्थानीयहरुसँग सहमतस हुन नसके पनि लामोसाँघुतर्फबाट ल्याउने प्रयास भएको थियो। त्यहाँसमेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो। 

विसं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ बैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोशी नदी एवं आसपास क्षेत्रमा आएको बाढीपहिरो तथा कोभिड-१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन।


प्रकाशित : शुक्रबार, साउन १६ २०८२१३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend