सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

ईएटमा असफल एनईभी नेपालले फेरि ल्यायो होएन ब्रान्डका ‘डब्बा’

images
आइतबार, साउन १८ २०८२
images
images
ईएटमा असफल एनईभी नेपालले फेरि ल्यायो होएन ब्रान्डका ‘डब्बा’

उक्त कारको पिक मोटर पावर २५ किलोवाट, रेटेड मोटर पावर १३ किलोवाट र ब्याट्री प्याक २३.९६ किलोवाट आवरको रहेको विवरणमा उल्लेख छ।

images
images

काठमाडौं- एनईभी नेपाल प्रालिले अर्को नयाँ विद्युतीय कार ल्याउने भएको छ। सिटी कारका नाममा ल्याउन लागिएको 'डब्बा कार' निकै कम पावरयुक्त रहेको छ। 

images

यसअघि पनि दिगोले आफ्नै ब्रान्डमा सानो कार बिक्री गरेको थियो। उक्त कार कमजोर बनावट र न्यून पावरयुक्त हुँदा सामान्य उकालो तथा जोल्ठिङमा समेत तान्न नसकेको गुनासो आएपछि उपभोक्ताले खरिद गर्न छाडेका थिए।

images
images

दिगो ग्रुपले चीनबाट विभिन्न ब्रान्डका विद्युतीय सवारी आयात गरेर बिक्री गर्दै आएको छ। त्यस्तै चार्जिङ पूर्वाधारमा समेत अग्रसर रहेको यो समूहले विद्युतीय भने कमसल नै छनोट गरिरहेको छ।

images
images
images

विगतमा ल्याएको ईएट चलाउने उपभोक्ताले अहिले स्पेयर पार्ट्स र सर्भिस पाउन नसकिरहेको अवस्थामा एनईभी नेपालले फेरि त्यस्तै डब्बा प्रकृतिको विद्युतीय कार आयात गरेको हो। 

एनईभी नेपालले चीनबाट आयात गरेको विद्युतीय कार दर्ताका लागि रोड वर्दिनेसन टेस्टको प्रक्रिया सकाएको छ। यातायात व्यवस्था विभागले दिने रोड वर्दिनेस टेस्ट प्राप्त गरेपछि गाडी आयात गरेर दर्ता गर्न पाइन्छ। 

एनईभी नेपाल प्रालिले चीनको हुवाइहाइ ग्लोबल ई कमर्स कम्पनी लिमिटेडले उत्पादन गरेको होएन ब्रान्डको विद्युतीय कार ल्याएको हो। यो कारको मोडन नम्बर 'एचएच ७००० बीईभी ७३ सीबी' रहेको छ। हुवाइहाइ कम्पनीले मोटरसाइकल तथा तीनपांग्रे रिक्सा उत्पादन गर्दै आएको छ। यही समूहअन्तर्गत नयाँ ब्रान्ड बनाएर एनईभीले नेपालमा कार आयात गरेको देखिन्छ।

उक्त कारको पिक मोटर पावर २५ किलोवाट, रेटेड मोटर पावर १३ किलोवाट र ब्याट्री प्याक २३.९६ किलोवाट आवरको रहेको विवरणमा उल्लेख छ। 

कम्पनीले उक्त गाडी एचएचएनई ००१ कमर्सियल इनभ्वोइस नम्बरमा २०२५ मे २० मा आयात गरेको हो। यो कारको अन्य विशेषता, मूल्यलगायतका बारेमा भने केही बाहिर आएको छैन। 

यसअघि दिगोले बिक्री गरेको ईएटको रेन्ज १ सय ५० किलोमिटर थियो भने त्यसमा १५.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री थियो। त्यस्तै १५ किलोवाटको मोटर रहेको थियो। उक्त कार सुरुमा करिब २२ लाख रुपैयाँ मूल्य तोकेर बिक्री गरिएको थियो। 

दिगो समूहअन्तर्गत चिनियाँ कम्पनी सीएचटीसीका ठूला विद्युतीय बस, जेएसी ब्रान्डको विद्युतीय पिकअप, डीएफएसकेको विद्युतीय भ्यान बिक्री गर्दै आएको छ। डीएफएसकेका विद्युतीय भ्यान भने आईएमई मोटर्ससँगको साझेदारीमा बनेको नयाँ कम्पनीमा गइसकेको छ।

त्यस्तै दिगोले आफ्नो वेवसाइटमा जोयोलङ र स्काइवेल ब्रान्ड पनि राखेको छ। तर यी ब्रान्डका विद्युतीय सवारी अन्य समूहले आयात गरेर बिक्री गर्दै आएका छन्। 

यसअघि पनि नेपाली बजारमा अन्य ननब्रान्डेड कमसल ईभी ब्रान्डहरु आएर बन्द भइसकेका छन्। दाहे, डेरीलगायत आधा दर्जन ब्रान्ड बन्द भइसके भने अन्य यस्तै प्रकारका ब्रान्डले ल्याएका कारहरु बिक्री हुन नसकेर लामो समयदेखि स्टकमा रहेका छन्। यस्ता कार खरिद गरेर उपभोक्ता कारको पर्फमेन्स र स्पेयरपार्ट्स नपाएर समस्यामा छन्।


प्रकाशित : आइतबार, साउन १८ २०८२१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend