बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्याग्दीका ३० ग्रामीण सडक स्तरोन्नति

बिहीबार , साउन १५ २०८२
म्याग्दीका ३० ग्रामीण सडक स्तरोन्नति

नौ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएका ३७ वटा सालबसाली योजनामध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट तीनवटा योजना कार्यान्वयन भएका छन्।

म्याग्दी- जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३० वटा ग्रामीण सडक स्तरोन्नति गरेको छ।

कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार नौ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएका ३७ वटा सालबसाली योजनामध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट तीनवटा योजना कार्यान्वयन भएका छन्।

ती योजना कार्यान्वनयका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिहरुसँग पाँच करोड ९० लाख ८१ हजारमा सम्झौता भएको थियो।

ग्रामीण सडक फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, पानीको निकासका निम्ति नाली तथा ‘रिटेनिङ’ पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुंगे पुल निर्माणसम्बन्धी सालबसाली ३७ सहित ७१ वटा योजनाका लागि पुँजीगततर्फ ५९ करोड ३१ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो।

गत वर्ष चार दशमलव ९० किलोमिटर कालोपत्र र ढलान, चार दशमलव १४ किलोमिटर ग्राभेल, तीन दशमलव ३० किलोमिटर नयाँ कच्ची सडक निर्माण, ३१ दशमलव ६० किलोमिटर सडक फराकिलो बनाउने, १० दशमलव ७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको कार्यालय प्रमुख पौडेलले बताए।

यसैगरी, २९ वटा कल्भर्ट कजवे, १२ दशमलव ५० किलोमिटर सडक मर्मत, एकवटा झोलुंगे, दुई वटा मोटरेबल पुल र एकवटा भवन निर्माणसम्बन्धी योजना सम्पन्न भएका छन्। गत आवमा ६४ करोड एक लाख ४३ हजार रूपैयाँ विनियोजन भएकोमा ४७ करोड १४ लाख ९१ हजार रूपैयाँ खर्च भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend