बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माथिल्लो कर्णालीमा जीएमआरले थप्यो ठेक्काको म्याद, अब भदौ ५ गतेसम्म आवेदन दिन सकिने

बुधबार, साउन १४ २०८२
माथिल्लो कर्णालीमा जीएमआरले थप्यो ठेक्काको म्याद, अब भदौ ५ गतेसम्म आवेदन दिन सकिने

९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि आह्वान भएको ठेक्काको म्याद थप भएको छ।

काठमाडौं- ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि आह्वान भएको ठेक्काको म्याद थप भएको छ। जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले बुधवार  सूचना जारी गर्दै आवेदन बुझाउने अन्तिम म्याद भदौ ५ (२२ अगस्ट २०२५) साँझ ५ बजेसम्म कायम गरिएको जानकारी दिएको हो।

यसअघि कम्पनीले असार २४ (८ जुलाई) मा सार्वजनिक सूचना जारी गर्दै ईओआई आह्वान गरेको थियो। तर निर्माण, आपूर्ति वा साझेदारीका लागि आवेदन दिन इच्छुक निर्माण कम्पनी, परामर्शदाता वा लगानीकर्ताहरूको आग्रहलाई ध्यान दिँदै कम्पनीले समय थप गरेको हो।

जीएमआरले जारी गरेको 'संशोधन सूचना–१' मा भनिएको छ, 'सवै अन्य सर्त तथा शर्तहरू यथावत रहनेछन्।' 

भारतको जीएमआर ग्रुपअन्तर्गतको जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाको निर्माण कार्य अगाडि बढाउने तयारीस्वरूप कम्पनीले पूर्वाधार विकाससँग सम्बन्धित तीन ठेक्का प्याकेजमार्फत बोलपत्र प्रक्रिया अघि बढाएको छ।

कम्पनीले प्याकेज १  अन्तर्गत २ हजार ४ सय ३१ मिटर लम्बाइको एक्सिस रोड टनेल निर्माणको लागि ठेक्का आह्वान गरेको छ। त्यस्तै प्याकेज २ : ड्याम साइट नजिक कर्णाली नदीमाथि १५० मिटर स्पानको  स्टिल पुल  को डिजाइन र निर्माण र  प्याकेज ३ : हेडवर्क्स साइट क्षेत्रमा करिब ७ किलोमिटर लामो पहुँच सडक निर्माणको लागि ठेक्का आह्वान गरेको छ।

आयोजना सुर्खेत, दैलेख र अछाम जिल्लामा फैलिएको छ। हालसम्म निर्माण प्रारम्भ नभए पनि आवश्यक वित्तीय व्यवस्थापन, सेयर साझेदारी र सरकारी अनुमतिपछि आयोजनाले गति लिएको छ। जीएमआरले यस आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत भारत निर्यात गर्ने योजना बनाएको छ भने नेपालले २७ प्रतिशत सेयर र १०८ मेगावाट विद्युत निःशुल्क प्राप्त गर्नेछ।


प्रकाशित : बुधबार, साउन १४ २०८२०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend