बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

४ करोड ३८ लाख रुपैयाँको लागतमा निन्दा नदीमा झोलुङ्‍गे पुल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १२ २०८२
४ करोड ३८ लाख रुपैयाँको लागतमा निन्दा नदीमा झोलुङ्‍गे पुल निर्माण

पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी-हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो।

झापा- झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित निन्दा नदीमा ४ करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्‍गे पुल निर्माण भएको छ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ। पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ।

उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी-हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो। रासस 


प्रकाशित : सोमबार, साउन १२ २०८२१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend