आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

images
आइतबार, साउन ११ २०८२
images
images
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका छन्। त्यसबाहेक आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिँदै आएकी छन्।

images

गण्डकी- पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ।

images
images

एकैठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूह-समूहमा उक्त फार्ममा मानिस आउने गरेका छन्।

images
images

फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङ बताउँछिन्।

images
images
images

विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगालेकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लागेकी हुन्। उनीसँग जापान हंकङ, ब्रुनाई, अमेरिका तथा बेलायतलगायत विभिन्न देशकबव अनुभव छ।

पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आएनुभएकी गुरुङको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन्। तालिमका सहभागीलाई उनी स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहेकी छन्।

गुरुङलाई विभिन्न कृषि सम्बद्ध संघसंस्थाले तालिमका लागि ठाउँठाउँमा बोलाउने गरेका छन्। उनको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानीलगायत खेती भइरहेको छ।

गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको सुनाइन्। घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका छन्। त्यसबाहेक आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिँदै आएकी छन्।

फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हालै तालिम सञ्चालन गर्ने भवन निर्माण प्रयोजनका लागि सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको छ।

केही गर्छु भन्ने सोंचका साथ आउने फार्म तथा कृषकलाई परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख माधव लम्साल बताउँछन्।

परियोजनाबाट माया इको भिलेज एकीकृत फार्मलाई समयसमयमा विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिएको बताउँदै उनले उक्त फार्म कृषिको सिकाइका लागि महत्त्वपूर्ण पाठशालाका रूपमा स्थापित हुँदै गएको बताए।

सञ्चालक गुरुङका अनुसार फार्म हेर्न र बुझ्न आउने व्यक्तिलाई प्रवेश शुल्क सय रुपैयाँ निर्धारण गरिएको छ। फार्ममा राति सुत्न सक्नेगरी आवासीय व्यवस्था नरहे पनि दिउँसो भने आवश्यकताअनुसारको खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको छ।

पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको बताउँदै गुरुङले फार्मले खाजा खानासहित अवलोकन गराउने गरी दुई हजार रुपैयाँको ‘प्याकेज’ निर्धारण गरेको जानकारी दिइन्।

फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ। ‘११ वटा टनेल निर्माण भएका छन्, जसमध्ये तीन वटा टनेल च्याउखेतीका लागि छन् भने बाँकीमा तरकारीखेती गरिएको छ’ गुरुङले भनिन्।

फार्ममा आइसकेपछि कृषिका विविध पक्षलाई बुझेर सहभागी हरेकले यसलाई व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन भन्ने उद्देश्य राखिएको उनकाे भनाीइ छ। एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाट गर्नाले धेरै ज्ञान तथा सीप प्राप्त हुने बताउँदै गुरुङले त्यो संस्कार वृद्धि गर्नुपर्नेमा जोड दिइन्।

प्रांगारिक खेतीले माटोको उर्वराशक्ति पनि राम्रो बनाउने र त्यसबाट उत्पादित वस्तु पनि स्वस्थकर हुने भएकाले यसतर्फ सबै लाग्नु अपरिहार्य भएको उनको भनाइ छ। व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटेएर एकीकृत कृषि गर्न सकिएमा उत्पादन पनि राम्रो लिन सकिने र त्यसरी उत्पादित वस्तु खाँदा मानवीय स्वास्थ्यमा पनि नबिग्रने उनको अनुभव छ।

प्रशस्त उत्पादनसँगै यसबाट भरपुर उपयोग लिनका लागि एकीकृत कृषि आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउँछन्।

‘पशुपालन र तरकारीखेती सँगसँगै गर्न सकिएमा शुद्ध प्रांगारिक उत्पादन गर्न सकिन्छ’ उनले भने, ‘प्रांगारिक मलको प्रयोगमा उत्पादित वस्तुले मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन।’ एकीकृत कृषितर्फ आकर्षण बढाउँदै जानुपर्नेमा जोड दिँदै उनले माया इको भिलेज फार्म यसको उदाहरण बनेको धारणा राखे।रासस


प्रकाशित : आइतबार, साउन ११ २०८२१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend