सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

घरजग्गा बजार चलायमान हुने संकेत, कारोबार स्थिर देखिए पनि राजस्वमा उल्लेख्य वृद्धि

देशभर ५ लाख ३८ हजार १ सय २८ लिखत पास

आइतबार, साउन ४ २०८२
घरजग्गा बजार चलायमान हुने संकेत, कारोबार स्थिर देखिए पनि राजस्वमा उल्लेख्य वृद्धि

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिले घरजग्गा बजारलाई अझ सहज बनाउने संकेत दिएको छ।

काठमाडौं- केही वर्षयता सुस्त देखिएको नेपाली घरजग्गा बजार फेरि सक्रिय देखिएको छ। विशेषगरी काठमाडौं उपत्यका, मुख्य सहरी क्षेत्र तथा पूर्वका सहरहरूमा निजी आवास निर्माण र कित्ताकाट बढेको छ। यसले समग्र घरजग्गा कारोबार सकारात्मक देखिएको छ।

कर्जामा सहजता, घट्दो ब्याजदर र मालपोत कार्यालयको डिजिटल प्रणालीजस्ता सुधारहरूले पनि कारोबार बढाएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ५ लाख ३८ हजार १ सय २८ वटा घरजग्गाको लिखत पास भएको छ। अघिल्लो वर्षको तुलनामा यो वृद्धि ०.१५ प्रतिशतले बढी हो। मासिक रुपमा कारोबार क्रमिक रूपमा बढ्दै गएको देखिएको छ।

गत वर्षको असार महिनामा मात्रै ५५ हजार ५ सय २४ वटा घरजग्गा खरिदबिक्री भएका थिए, जुन अघिल्लो असारको तुलनामा २०.२३ प्रतिशतले बढी हो। भदौ, असोज र कात्तिकमा केही कम देखिए पनि पुसदेखि भने बजार स्थिर रहेको थियो।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिले घरजग्गा बजारलाई अझ सहज बनाउने संकेत दिएको छ।

पहिलोपटक घर खरिद गर्न चाहाने व्यक्तिका लागि आवास कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्‍याएको छ। साथै घर मूल्यको आधारमा दिइने लोन टु भ्यालु अनुपात ७० बाट ८० प्रतिशत बनाइएको छ। यसले घर खरिदकर्ताले कम पुँजी राखेर बैंकमार्फत धेरै कर्जा लिन सक्ने अवस्था बनाएको छ।

घरजग्गा मासिक कारोबार र संकलित राजस्व ‍

महिना

कारोबार संख्या 

 संकलित राजस्व (रु)

साउन

४३,८३५

३ अर्ब ८३ करोड ५० लाख

भदौ

३२,७९८

३ अर्ब ९ करोड २ लाख

असोज

३०,५२७

३ अर्ब ८ करोड १२ लाख

कात्तिक

३३,५१४

२ अर्ब ७० करोड ४० लाख

मंसिर

४३,३७९

३ अर्ब ८७ करोड ४८ लाख

पुस

४८,१५६

४ अर्ब २५ करोड २२ लाख

माघ

४६,०६९

३ अर्ब ८७ करोड २४ लाख

फागुन

४६,०६१

४ अर्ब १२ करोड ३ लाख

चैत

४९,८३२

४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार

बैशाख

५२,४२३

४ अर्ब ५४ करोड २२ लाख

जेठ

५६,०१०

४ अर्ब ७२ करोड ७० लाख

असार

५५,५२४

६ अर्ब ५५ करोड १७ लाख १२ हजार

 


प्रकाशित : आइतबार, साउन ४ २०८२१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend