बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बेरोजगारलाई रोजगारीको अवसर, सरकारले माग्यो आवेदन

आइतबार, फागुन ८ २०७८
बेरोजगारलाई रोजगारीको अवसर, सरकारले माग्यो आवेदन

काठमाडौं- सरकारले बेरोजगार युवालाई रोजगार दिने गरी आवेदन मागेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आवेदन मागेको हो। 

फागुन मसान्तसम्म आवेदन दिन पाउने गरी सूचना जारी भएको छ। बेरोजगारले आफू बसेको स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा आवेदन दिनु पर्ने छ।

आवेदन दिने युवा १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेको हुनुपर्ने छ। आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा एक सय दिनको रोजगारीमा संलग्न नभएको र स्वरोजगमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदासम्म नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराकरको आय ५७ हजार ७ सय भन्दा कम आय भएको हुनुपर्छ। 

9889d48b-8666-41ed-9a5a-135530485c3e.jpg


प्रकाशित : आइतबार, फागुन ८ २०७८०६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend