काठमाडौं- चेरी अटोमोबाइलको सवब्रान्ड जेइकोको नयाँ विद्युतीय कार भन्सार नाकामा आइपुगेको छ। तातोपानी भन्सार आइपुगेको जेइको जे फाइभ एक दुई दिनमा जाँचपास भएर नेपाल भित्रिने छ।
चेरीको विद्युतीय कार ब्रान्ड ओमोडा/जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले जेइको जे फाइभ ल्याउन लागेको हो। कम्पनीले यसअघि जेइको ब्रान्डको जे सिक्स नेपाली बजारमा भित्र्याएर बिक्री गर्दै आएको छ।
जेइकोको अफरोड मोडल जे सिक्सको सफलतापछि एसयूभी कार जे फाइभ नेपाल आएको हो। १ सय ५५ किलोवाट मोटर पावरमा आएको जे फाइभ निकै शक्तिशाली र आकर्षक रहेको छ।
जेइको जे फाइभमा ५८.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। विभिन्न अत्याधुनिक विशेषताले भरिएको जेइको जे फाइभको मूल्य भने एसपीजी अटोमोबाइलले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्नेछ। नाइमा मोबिलिटी एक्स्पो यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ।
एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे फाइभ एसयूभी, आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो। जे फाइभ को सार्प-एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ। यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन्। जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ।
जे फाइभको भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ। यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० एमएम चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन्।
जेइको जेफाइभको लम्बाई ४३ सय ८० एमएम, चौडाई १८ सय ६० एमएम र उचाई १६ सय ५० एमएमको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्वील्स रहेको छ। यो एसयूभीले एकै चार्जमा ४ सय २ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्दछ।
जेइको जे फाइभले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ। जेइको जे फाइभमा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसीडब्लू), ब्लाइन्ड स्पट मनिटरिङ (बीएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन्।
नाइमा २०२५ मा ‘जेइको जे फाइभ’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभि बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ। पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे फाइभले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीको रूपमा आफ्नो परिचय स्थापित गर्नेछ।