बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोरखामा १ वर्षमा ७० किलोमिटर सडक कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ५ २०८२
गोरखामा १ वर्षमा ७० किलोमिटर सडक कालोपत्र

'सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्र गर्ने क्रम अझै चलिरहेको छ। काम गर्दै जाँदा कुनै वर्ष कालोपत्र बढी हुन्छ, कुनै बेला कम। तर काम भने भइरहेको छ।'

गोरखा- एकवर्षमा जिल्लाभित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो। सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ।

सो कार्यालयले जिल्लाका ३३.६ किलोमिटर सडक यसवर्ष कालोपत्र गरेको हो। सडक कालोपत्रसहित नाला निर्माण, ढलान, वाल निर्माण गरेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए।

'सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्र गर्ने क्रम अझै चलिरहेको छ। काम गर्दै जाँदा कुनै वर्ष कालोपत्र बढी हुन्छ, कुनै बेला कम। तर काम भने भइरहेको छ', उनले भने।

जिल्लामा सडक योजना कार्यालयपछि सबैभन्दा धेरै किलोमिटर सडक पूर्वाधार विकास कार्यालय हो। सो कार्यालयले यसवर्ष जिल्लाभर २१.७ किलोमिटर सडक कालोपत्र गरेको सूचना अधिकारी शर्मिला थापाले जानकारी दिए।

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा यसवर्ष छ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनियर गोविन्द श्रेष्ठले बताए। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराले यहाँको पालुङ्टार नगरपालिकामा सडक कालोपत्र गरेको छ। सो कार्यालयका इञ्जिनियर सरोज आचार्यका अनुसार पालुङ्टारमा २.५ किलोमिटर सडक कालोपत्र गरेको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा सहिदलखन गाउँपालिकाले ३.५ किलोमिटर सडक कालोपत्र गरेको छ। पालिकाको १० करोड बजेटमा नामजुंग-घैरुङ सडक कालोपत्र गरेको गाउँपालिकाका इञ्जिनियर राजन रानाभाटले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, साउन ५ २०८२१०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend