बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गम्भीर अपराधमा संलग्नता रहेको भन्दै नेपालमा टेलिग्राम बन्द

शुक्रबार, साउन २ २०८२
गम्भीर अपराधमा संलग्नता रहेको भन्दै नेपालमा टेलिग्राम बन्द

काठमाडौं- नेपालमा टेलिग्राम एप्लिकेसन बन्द गरिएको छ।

अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनि लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नतासमेत रहेको बुझिन आएकाले टेलिग्राम तत्काल बन्द गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 

'नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन गरिएको छ' प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा टेलिग्राम एप्लिकेसनको दुरुपयोग भइरहेको नेपाल सरकारले प्रारम्भिक ठहर गरेअनुसार प्राधिकरणले बन्द गर्ने सूचना जारी गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले समेत टेलिग्राम बन्द गर्ने राय दिएको थियो। 

नेपाल प्रहरीले पछिल्लो समय गरेका विभिन्न केससँग सम्बन्धित अनुसन्धानबाट हुन्डी तथा अन्य वित्तीय अपराधको काम टेलिग्राम दुरुपयोग भइरहेको पाइएको भन्दै टेलिग्रामका बारेमा थप कदम चाल्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले पत्राचारसमेत गरेको थियो।  


प्रकाशित : शुक्रबार, साउन २ २०८२१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend