बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वित्तीय अपराधमा टेलिग्रामको दुरुपयोग भएको भन्दै नेपालमा प्रतिबन्ध लगाउने तयारी

बिहीबार , साउन १ २०८२
वित्तीय अपराधमा टेलिग्रामको दुरुपयोग भएको भन्दै नेपालमा प्रतिबन्ध लगाउने तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले पत्राचार गरेको छ।

काठमाडौं- सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा टेलिग्राम एप्लिकेसनको दुरुपयोग भइरहेको नेपाल सरकारले प्रारम्भिक ठहर गरेको छ। 

नेपाल प्रहरीले पछिल्लो समय गरेका विभिन्न केससँग सम्बन्धित अनुसन्धानबाट हुन्डी तथा अन्य वित्तीय अपराधको काम टेलिग्राम दुरुपयोग भइरहेको पाइएको भन्दै टेलिग्रामका बारेमा थप कदम चाल्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले पत्राचार गरेको छ। 

समितिले सम्पत्ति शुद्धीकरण तथा अन्य वित्तीय अपराधमा टेलिग्रामको दुरुपयोग व्यापक भइरहेको र यसको नियन्त्रण पनि कठिन देखिएको भन्दै समितिले मन्त्रालयलाई यसका बारेमा थप कदम अघि बढाउन पत्राचार गरेको छ। 

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले पत्र आएको र यसबारेमा थप प्रक्रिय अघि बढ्ने जानकारी दिए। 

सम्पत्ति शुद्धीकरणमा यो एप्लिकेसनको दुरुपयोग भए/नभएको बारेमा थप अनुसन्धान हुने मन्त्रालयले उनले  जानकारी दिए। 


प्रकाशित : बिहीबार , साउन १ २०८२१८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend