बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उच्च अदालतको फैसलाले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको बाटो खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३२ २०८२
उच्च अदालतको फैसलाले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको बाटो खुल्यो

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ। ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ।

सुर्खेत- उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ। 

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो। 

आयोजनाको काम छ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारआयोजनाका प्रमुख रवि चौधरीले बताए। वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ। 

हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ। ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ।

हालसम्म  पाँच हजार रूख काटिएका छन् भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ। आयोजना प्रमुख चौधरीका अनुसार एक सय ५६ फाउन्डेसन निर्माण गरिएको छन् भने अब छवटा फाउन्डेसन निर्माण गरिने छन्।

हालसम्म ४० किलोमिटर तार तानिएको छ। अब १२ किलोमिटर तार तान्न बाँकी छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend