बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

मंगलबार, असार ३१ २०८२
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

काठमाडौं- राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

यसअघिका मन्त्री राजकुमार गुप्ताले आज राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस

प्रकाशित : मंगलबार, असार ३१ २०८२१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend