बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै, दाउन्ने क्षेत्रमा केही कठिन [तस्बिरहरू]

बुधबार, असार ३२ २०८२
नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै, दाउन्ने क्षेत्रमा केही कठिन [तस्बिरहरू]

नारायणघाट-बुटवल सडक योजनाको पश्चिम खण्डमा ४८ किलोमिटर सडक पर्छ। उक्त खण्डमा लगभग ६१ प्रतिशत एकतर्फी कालोपत्रे भइसकेको छ। दाउन्ने पश्चिम खण्डमा नै पर्छ।

काठमाडौं- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल ११३ किलोमिटर लामो सडक निर्माणमा सबैभन्दा कठिन मानिएको क्षेत्र हो दाउन्ने खण्ड। निर्माणमा ढिलो भएको प्रमुख खण्ड पनि १४ किलोमिटरको दाउन्ने क्षेत्र नै हो।

नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। काम सक्ने म्याद सकिएको नै तीन वर्ष भइसकेको छ। गतवर्ष साउनमा २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थपिएको हो।

नारायणगढ-बुटवल सडक विस्तारको कामलाई पूर्व तथा पश्चिम गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। जसमा हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा भइरहेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँ लागत रहेको छ। कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुने छ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ।

narayanghat butwal (1).jpg

नारायणघाट-बुटवल सडक योजनाअन्तर्गत पूर्वी खण्डमा दुई लेनको एकतर्फी कालोपत्रे लगभग सकिएको छ। यो खण्डको ६५ किलोमिटरमध्ये करिब ५७ किलोमिटर भाग कालोपत्रे भएको छ। यो खण्डको भौतिक प्रगति ६९ प्रतिशत छ।

यस्तै नारायणघाट-बुटवल सडक योजनाको पश्चिम खण्डमा ४८ किलोमिटर सडक पर्छ। उक्त खण्डमा लगभग ६१ प्रतिशत एकतर्फी कालोपत्रे भइसकेको छ। दाउन्ने पश्चिम खण्डमा नै पर्छ। सडक यात्रा गर्नेहरूले यही क्षेत्रमा बढी सास्ती पाइरहेका छन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र पौडेलले दाउन्ने खण्डको समस्या समाधानोन्मुख रहेको बताएका छन्। अब चाँडै त्यो क्षेत्रमा यात्रुले दुःख भोग्नुपर्ने समस्याको अन्त्य हुने मन्त्री दाहालको भनाइ छ। 

narayanghat butwal (3).jpg
narayanghat butwal (2).jpg
narayanghat butwal (4).jpg
narayanghat butwal (5).jpg
narayanghat butwal (6).jpg
narayanghat butwal (7).jpg
narayanghat butwal (8).jpg
narayanghat butwal (9).jpg
narayanghat butwal (10).jpg
narayanghat butwal (11).jpg
narayanghat butwal (12).jpg
narayanghat butwal (14).jpg
narayanghat butwal (15).jpg
narayanghat butwal (16).jpg
narayanghat butwal (17).jpg

तस्बिरहरू : पूर्वाधार पत्रकार समाज


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend