मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सिमलताल पहिरोको एक वर्ष : यस्तो देखिन्छ पहिरोनजिक नारायणघाट-मुग्लिन सडक [तस्बिरहरू]

शनिबार, असार २८ २०८२
सिमलताल पहिरोको एक वर्ष : यस्तो देखिन्छ पहिरोनजिक नारायणघाट-मुग्लिन सडक [तस्बिरहरू]

दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ-डिजाइन बिना नै ग्रामीण सडक खनिएको पहिरोपछि गठन गरिएको अध्ययन कार्यदलले जनाएको थियो।

चितवन- एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशुलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्। गत वर्षको असार २८ गते राति एकैठाउँबाट पहिरोसँगै त्रिशुलीमा खसेका दुईवटा बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन्।

नारायणघाट-मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।
 
दुवै बस अहिलेसम्म भेटिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३-००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्। सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए। तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन्।
 
त्यस्तै बा प्र ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए। तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। तीमध्ये भारतीय चार जना थिए। तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन्।

simaltal road muglin naranghat (2).jfif

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशुलीमा खसेको थियो। उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो। तर गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन्। 

त्रिशुलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन। त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशुली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो।

simaltal road muglin naranghat (3).jfif

दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ-डिजाइन बिना नै ग्रामीण सडक खनिएको पहिरोपछि गठन गरिएको अध्ययन कार्यदलले जनाएको थियो।
 
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो। सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशुली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

simaltal road muglin naranghat (4).jfif
simaltal road muglin naranghat (5).jfif
simaltal road muglin naranghat (6).jfif

simaltal road muglin naranghat (7).jfif

simaltal road muglin naranghat (8).jfif


प्रकाशित : शनिबार, असार २८ २०८२१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend