बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपालमा घट्दै जान थाले घोडा खच्चड

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार २८ २०८२
नेपालमा घट्दै जान थाले घोडा खच्चड

विगत दश वर्षको तथ्यांक हेर्दा विस २०७३ सालमा घोडा खच्चड ६८ हजार ७ सय पुगेका थिए। त्यसपछि ओरालो लागेको संख्या यो वर्षसम्म ३३ हजारमा सीमित भएको छ।

काठमाडौं- कुनै समय मुलुकको ग्रामीण क्षेत्रको ढुवानीको मेरुदण्डको रुपमा रहेको घोडा खच्चड अहिले हराउँदै गएका छन्। नेपाल सरकारको तथ्यांकअनुसार मुलुकमा विगत १० वर्षमा घोडा खच्चडको संख्यामा गिरावट आएको छ। 

आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार विगत दश वर्षमा ४० प्रतिशतले संख्या घटेको छ। केही वर्ष पहिलेसम्म नेपाली समाजका यातायातमात्र होइन हैसियत दर्साउने माध्यम पनि घोडा हुने गरेका थिए। समाजमा सम्भ्रान्तहरूले यात्राका लागि उपयोग गर्ने हुँदै पछिल्लो ग्रामीण क्षेत्रमा ढुवानीको साधन भएका थिए। 

घोडेटो बाटोको विकास भएपछि विशेषगरी घोडा खच्चडले ढुवानी गर्थे। तर त्यो बाटोलाई मोटरबाटोले विस्थापित गर्दै आएपछि खच्चडको संख्यामा गिरावट आएको हो। नेपालमा खच्चड प्राय भारतबाट ल्याउने गरिन्थ्यो। 

आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार २०७२ सालमा नेपालमा ५५ हजार ८ सय घोडा खच्चड र गधा थिए। जुन चालु वर्षको आठ महिनासम्म पुग्दा ३३ हजार ९ सयमा झरेका छन्। 

विगत दश वर्षको तथ्यांक हेर्दा विस २०७३ सालमा घोडा खच्चड ६८ हजार ७ सय पुगेका थिए। त्यसपछि ओरालो लागेको संख्या यो वर्षसम्म ३३ हजार ९ सयमा सीमित भएको हो।


प्रकाशित : शनिबार, असार २८ २०८२०८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend