बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

२५ अर्ब ११ करोडको बजेट ल्याउने काठमाडौं महानगरको तयारी

शुक्रबार, असार २७ २०८२
२५ अर्ब ११ करोडको बजेट ल्याउने काठमाडौं महानगरको तयारी

नगरसभामा प्रमुख बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रूपैयाँको बजेट ल्याउने तयारी गरेको छ। महानगरको राजस्व परामर्श समिति बैठकले आगामी वर्षका लागि बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिकको पूर्वतयारी अघि बढाएको हो।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाडौं प्लाजास्थित कार्यालयमा बसेको बैठकमा प्रमुख शाहले जनअपेक्षाअनुसार विकास निर्माणका कार्यलाई प्राथमिकता दिन निर्देशन दिए। बैठकमा पूर्वाधार विकासको बजेट चालु वर्षको तुलनामा बढाउने निर्णयसमेत गरिएको छ।

राजस्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरू सहभागी बैठकको निर्णयअनुसार शुक्रबारको ४०औँ नगर कार्यपालिका बैठकले नगरसभाको मिति तोक्नेछ। त्यसपछि नगरसभा बैठकमार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ।

नगरसभामा प्रमुख बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।


प्रकाशित : शुक्रबार, असार २७ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend