बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढीपहिरो र डुबानको जोखिममा

शुक्रबार, असार २७ २०८२
चितवनमा २५ हजारभन्दा बढी परिवार बाढीपहिरो र डुबानको जोखिममा
फाइल तस्बिर

बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्यांकले देखाएको छ।

चितवन- यहाँका २५ हजार ७३३ घरपरिवार बाढीपहिरोको जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ।

बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्यांकले देखाएको छ।

यस्तै, भरतपुर महानगरपालिकामा ६ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीनसय २० परिवारका एक हजार ६ सय , इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका ६ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। 

बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उनले बताए। 'नदी किनारामा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको छ र आवश्यक खाद्यान्न, स्वास्थ्य सामाग्री, उद्धार सामाग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ', प्रमख जिल्ला अधिकारी पौडेलले भने। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend