बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २७ २०८२
बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।

गुल्मी- कालीगण्डकी गाउँपालिका-६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ। त्यो क्रम रोकिएको छैन।

अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन्। 

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ। रासस


प्रकाशित : शुक्रबार, असार २७ २०८२०९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend