बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सान्टियागो बेर्नाबेउ हेरेर फर्किएका प्रधानमन्त्री ओलीको घोषणा - सूर्यविनायकमा ५० हजार दर्शक अट्ने रंगशाला

बिहीबार , असार २६ २०८२
सान्टियागो बेर्नाबेउ हेरेर फर्किएका प्रधानमन्त्री ओलीको घोषणा - सूर्यविनायकमा ५० हजार दर्शक अट्ने रंगशाला

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रको पूर्वाधार विकासका साथै प्रोत्साहनका लागि काम भइरहेको बताए।

ललितपुर- आफूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम सान्टियागो बेर्नाबेउ हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरेका छन्। 

ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंशाला बनाउने घोषणा गरेका हुन्।

साथै प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन्।

राखेपद्वारा सादोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपीएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए। 

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपीएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे। उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए।

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगिता गर्न परिषद्लाई निर्देशन दिए। आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रको पूर्वाधार विकासका साथै प्रोत्साहनका लागि काम भइरहेको बताए।


प्रकाशित : बिहीबार , असार २६ २०८२१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend