बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ग्लोबल आईएमई बैंक दोस्रोपटक ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित

बिहीबार , असार २६ २०८२
ग्लोबल आईएमई बैंक दोस्रोपटक ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित

ग्लोबल फाइनान्सले ग्लोबल आईएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ।

यो अवार्डसँगै ग्लोबल आईएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो। ग्लोबल फाइनान्सले ग्लोबल आईएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरुमा ग्लोबल आईएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आईएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनीधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे।

ग्लोबल फाइनान्स म्यागजिनले ग्लोबल आईएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो।

ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आईएमई बैंक, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , असार २६ २०८२१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend