बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेनेस सोलुशन बन्यो नेपालकै पहिलो  एडब्लुएस 'प्रिमिएयर टिएर सर्भिसेज पार्टनर'

बिहीबार , असार २६ २०८२
जेनेस सोलुशन बन्यो नेपालकै पहिलो  एडब्लुएस 'प्रिमिएयर टिएर सर्भिसेज पार्टनर'

जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने कम्पनीका लागि मात्र होइन, देशका लागि पनि गौरवको क्षण भएको बताए।

काठमाडौँ – डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले  अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर बनेको छ। 

विश्वभरका १ लाख ४० हजारभन्दा बढी  एडब्लुएस  साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सोलुशन नेपालको पहिलो र एकमात्र कम्पनी बनेको हो। 

जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने कम्पनीका लागि मात्र होइन, देशका लागि पनि गौरवको क्षण भएको बताए। 

‘हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्वदायी भूमिकामा छौं, नवप्रवर्तनको अगुवाइ गर्दैछौं र विश्वव्यापी मञ्चमा चिनिँदैछौं’ उनले भनेका छन्। 

जेनेस सलुशनले एडब्लुएस प्रिमिएयर टिएर स्टाटस प्राप्त गरेकाले  उसका ग्राहक तथा साझेदारहरूलाई एडब्लुएसका उच्चतम विशेषज्ञता र स्रोतसाधनमा पहुँच, एडब्लुएस विशेषज्ञहरूसँग द्रुत र प्रत्यक्ष सहयोग, एडब्लुएस रोड म्याप तथा बेटा कार्यक्रममा प्रभावशाली संलग्नता, र प्रमाणित गुणस्तर तथा नियमअनुसारको सेवा पाउन सहयोग पुर्‍याउने कम्पनीले बताएको छ।


प्रकाशित : बिहीबार , असार २६ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend