बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बारामा यसवर्ष ९१ हजार ८ सय मेट्रिकटन चैते धान उत्पादन

बुधबार, असार २५ २०८२
बारामा यसवर्ष ९१ हजार ८ सय मेट्रिकटन चैते धान उत्पादन
फाइल तस्बिर

किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २ सय रूपैयाँमा बिक्री गरिरहेका छन्।

बारा- यहाँका किसानले यसवर्ष ९१ हजार ८ सय मेट्रिकटन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन्।

किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २ सय रूपैयाँमा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिक्विन्टल तीन हजार रूपैयाँको दरले बिक्री वितरण भएको थियो। उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताए।

गत वर्ष कृषकहरुले १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञान केन्द्रका अर्थ विज्ञ गणेश महराले बताए। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend