बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पहिरोले भुम्रे-हातेमालोचोक सडक अवरुद्ध

बुधबार, असार २५ २०८२
पहिरोले भुम्रे-हातेमालोचोक सडक अवरुद्ध
फाइल तस्बिर।

वर्षा भइरहेको र सडकमाथिबाट ढुंगासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ।

वालिङ- स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे-हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ। 

गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका-१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुंगासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले जानकारी दिए।

पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन्। वर्षा भइरहेको र सडकमाथिबाट ढुंगासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ। सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए।

सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ-ढिकीडाँडा-तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिएका छन्। भुम्रे-हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।

दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे-हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गरेका छन्। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend