बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

बुधबार, असार २५ २०८२
स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रूपैयाँमामा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोबर बनाइने घोषणा गरेका हुन्।

काठमाडौं- स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाख रूपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्।

स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रूपैयाँमामा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोबर बनाइने घोषणा गरेका हुन्।

आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोबर बनाइएको बताएका हुन्। 'कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागु हुनेछ', फेसबुकमा उनले लेखेका छन्।

अब क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाख रूपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।

यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend