बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

विद्युतीय सवारी चालकहरूका लागि सीजी मोटर्स र टीटी ईभी रिभोलुसनद्वारा प्रविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना

बुधबार, असार २५ २०८२
विद्युतीय सवारी चालकहरूका लागि सीजी मोटर्स र टीटी ईभी रिभोलुसनद्वारा प्रविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना

कार्यक्रममा ईभीको रेन्ज, ब्याट्री लाइफ र मर्मतसम्भारसम्बन्धी सुझावहरू पनि दिइएको थियो।

काठमाडौं- सीजी मोटर्स र टीटी ईभी रिभोलुसनले पोखरामा विद्युतीय सवारी चालकहरूका लागि प्रविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ।

‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित शनिबार सम्पन्न कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम र सुरक्षाबारे सचेत गराउनुका साथै स्वच्छ र सुरक्षित भविष्य निर्माणतर्फ सकारात्मक सन्देश दिएको कम्पनीको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहकार्य तथा समन्वयमा सम्पन्न कार्यक्रममा ईभीको रेन्ज, ब्याट्री लाइफ र मर्मतसम्भारसम्बन्धी सुझावहरू पनि दिइएको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की पोखराका प्रमुख इन्स्पेक्टर शोभा पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

cg - tt ev (2).jpg

त्यसैगरी, सीजी मोटर्सका अफ्टर-सेल्स डिपार्टमेन्टका डेपुटी म्यानेजर अशोक पंगेनी, टीटी ईभी रिभोलुसनका म्यानेजर श्रीधर पराजुली तथा गण्डकी प्रदेशका १८ यातायात व्यवसायी समितिका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

cg - tt ev (3).jpg

कार्यक्रममा २ सयभन्दा बढी व्यावसायिक चालकहरूको सक्रिय सहभागिता रहेको थियो, जसले यो कार्यक्रमलाई सडक सुरक्षामा योगदान पुर्‍याउने, बिक्रीपछिको सेवा अभिवृद्धि गर्ने र जिम्मेवार चालक व्यवहारलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरको रूपमा स्थापित गराएको आयोजकको भनाइ छ।


प्रकाशित : बुधबार, असार २५ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend