बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

५१ करोड ६२ लाख रूपैयाँ खर्चिएर भोजपुरको ग्रामीण सडक कालोपत्र गरिँदै

बुधबार, असार २५ २०८२
५१ करोड ६२ लाख रूपैयाँ खर्चिएर भोजपुरको ग्रामीण सडक कालोपत्र गरिँदै

हालसम्म  ११ किलोमिटर कालोपत्र भइसकेको छ। बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्नेगरी काम जारी छ।

भोजपुर- यहाँको षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली सडक धमाधम कालोपत्र भइरहेको छ। कोशी प्रदेश सरकारले ५१ करोड ६२ लाख रूपैयाँ खर्चेर थालेको कालोपत्रको काम ८५ प्रतिशत पूरा भएको छ।

पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र भइरहेको छ।

हालसम्म ११ किलोमिटर कालोपत्र भइसकेको छ। बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्नेगरी काम जारी छ।

सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन्। यो सडक २०८२  कात्तिकमा सम्पन्न गर्नेगरी निर्माण भइरहेको छ। रासस

प्रकाशित : बुधबार, असार २५ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend