बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सरकारले चीनलाई मितेरी पुल पुनःनिर्माण र केरुङ नाका पुनः सञ्चालनका लागि समन्वय गर्न आग्रह गर्ने

बुधबार, असार २५ २०८२
सरकारले चीनलाई मितेरी पुल पुनःनिर्माण र केरुङ नाका पुनः सञ्चालनका लागि समन्वय गर्न आग्रह गर्ने

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएपछि नाका पुनःसञ्चालन गर्न आवश्यक पूर्वाधार पुनर्निर्माणका लागि चीन सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ।

काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएपछि नाका पुनःसञ्चालन गर्न आवश्यक पूर्वाधार पुनर्निर्माणका लागि चीन सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार साँझ बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आकस्मिक बैठकले परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग औपचारिक समन्वय अघि बढाउने निर्णय गरेको हो।

बाढीका कारण रसुवागढी भन्सार क्षेत्र, मितेरी पुल, सडक तथा सुक्खा बन्दरगाहमा व्यापक क्षति पुगेपछि केरुङ नाका ठप्प भएको छ। बैठकले मितेरी पुल र त्यसअन्तर्गतका सडक पूर्वाधार पुनःनिर्माण गरी केरुङ नाका पुनःसञ्चालन गर्न चीनसँग सहयोग र सहकार्यको आग्रह गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो।

साथै, चीनसँग जोडिएका वैकल्पिक नाकाहरुको समेत सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तयारी थाल्न भनिएको छ। बैठकले दोहोरो व्यापार, मानव आवागमन र भन्सार सेवा पुनःसञ्चालनका लागि पूर्वाधार मर्मत तथा पुनःनिर्माणमा द्रुतगतिमा काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

सरकारले नेपाल–चीन सम्बन्धमा रहेको परम्परागत मित्रता र आपसी सहयोगका आधारमा सीमावर्ती पूर्वाधार पुनःस्थापना गर्न चीन सरकारसँग आवश्यक पहल गर्ने स्पष्ट संकेत दिएको छ।


प्रकाशित : बुधबार, असार २५ २०८२०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend