बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १३७.४२ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २५ २०८२
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १३७.४२ रुपैयाँ

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंक  बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

युरोपियन युरोको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले  जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा कायम भएको छ। सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, साउदी रियालको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा तोकिएको छ । युएई दिरामको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, थाई भाटको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा रहेको छ।

स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा, हङकङ डलरको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा रहेको छ।

कुवेती दिनारको खरिददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा, ओमनी रियालको खरिददर ३५५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने उल्लेख गर्दै वाणिज्य बैङ्कले तोक्ने दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक दर बैंकको वेबसाइटमा हेर्न सकिने पनि जानकारी दिइएको छ। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२०७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend