बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

उपल्लो मुस्ताङमा बाढीले ६ वटा पुलमा क्षति, एक होटल र दुई घर जोखिममा

बुधबार, असार २५ २०८२
उपल्लो मुस्ताङमा बाढीले ६ वटा पुलमा क्षति, एक होटल र दुई घर जोखिममा

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित छोसेरमा मङ्गलबार साँझ आएको लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ।

काठमाडौं- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित छोसेरमा मङ्गलबार साँझ आएको लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल–चीन सीमावर्ती चुम्जुङ खोलामा करिब तीन घण्टासम्म भीषण बाढी आएको थियो।

बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलाको एक पक्की मोटरेबल पुल र लोमान्थाङ–२ साम्जुङमा निर्माणाधीन अर्को पक्की पुलमा क्षति पुर्‍याएको छ। त्यस्तै, उक्त क्षेत्रमै रहेको एक फलामे पुल र तीन वटा काठेपुल समेत बाढीले बगाएको प्रहरीले जनाएको छ।

हाल बाढीको बहाव केही कम हुँदै गएको भए पनि सम्भावित जोखिम कायम रहेकोले स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ। सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेर र सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट प्रहरी निरीक्षकहरूको कमान्डमा नौ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षाकर्मीले स्थानीयलाई जोखिमबारे सूचित गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिरहेका छन्। मुस्ताङ प्रशासनले पनि मंगलबारदेखि नै सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, असार २५ २०८२०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend