बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूले गरे रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षण

मंगलबार, असार २४ २०८२
प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूले गरे रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षण

गएराति आएको भीषण बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाएपछि भएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू प्रभावित क्षेत्र पुगेका छन्। प्रधानमन्त्री ओलीसहितको टोलीले नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

काठमाडौं- गएराति आएको भीषण बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाएपछि भएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू प्रभावित क्षेत्र पुगेका छन्। प्रधानमन्त्री ओलीसहितको टोलीले नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

बाढीका कारण रसुवागढी सुक्खा बन्दरगाहमा रहेका २३ वटा कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ सवारीसाधन बगाएर नष्ट भएका छन्।

rasuwa 6.jpeg

मानवीय क्षतिको हिसाबले पनि बाढीले ठुलो क्षति पुर्‍याएको छ। हालसम्म २० जना बेपत्ता भएका छन्, जसमा नेपाल प्रहरीका तीनजना, सुक्खा बन्दरगाहमा कार्यरत ६ जना, कन्टेनर चालक पाँच जना र ६ जना चिनियाँ नागरिक रहेका छन्।

rasuwa 1.jpeg

बाढीले जलविद्युत् आयोजनामा पनि गम्भीर असर गरेको छ। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना ड्यामसाइटसहित बगाउँदा पूर्णरूपमा बन्द भएको छ। यस्तै, २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा लोदो पस्दा उत्पादन रोकिएको छ। मर्मत कार्य अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

rasuwa 5.jpeg

त्यस्तै, माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको ६० मेगावाट क्षमताको ड्यामसाइटमा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। अन्य आयोजनाहरूमा भएको क्षतिको विवरण आउन बाँकी छ।

rasuwa 7.jpeg

यसैबीच, नेपाली सेनाको हेलिकप्टरमार्फत नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। घटनापछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासनले जनाएको छ।

rasuwa 4.jpeg

rasuwa 3.jpeg


प्रकाशित : मंगलबार, असार २४ २०८२१९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend