बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

गभर्नर पौडेलविरुद्धको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

मंगलबार, असार २४ २०८२
गभर्नर पौडेलविरुद्धको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

उनीविरुद्ध परेको मुद्दामा मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

काठमाडौं- सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उनीविरुद्ध परेको मुद्दामा मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

अधिवक्ता नवीन धितालले गभर्नर पौडेललाई काम गर्नबाटै रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

उक्त मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चतका दुई न्यायाधीश रेग्मी र शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२१८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend