बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अनुभवीलाई उछिन्दै रमेशकुमार हमाल बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
अनुभवीलाई उछिन्दै रमेशकुमार हमाल बने  नेपाल धितोपत्र बोर्डको अध्यक्ष

अध्यक्षमा नियुक्त भएका भट्टसँग पुँजी बजार र नेपाली पुँजी बजारका बारेमा खासै ज्ञान छैन। जलस्रोत इन्जिनियरिङ गरेका हमालले एमबीए पनि गरेका छन्। 

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सोबोनको अध्यक्षमा नियुक्त गरेको हो। 

योसँगै  साढे चार महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ।

यसअघिका अध्यक्ष भिष्म ढुंगाना अनियमिततामा मुछिएपछि बोर्ड अध्यक्ष खाली रहेको थियो। खाली भएपछि सरकारले योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको नेतृत्वमा छनौट समिति बनाएको थियो। 

समितिले हमालसहि कृष्ण पोखरेल र गोपाल भट्टलाई सिफारिस गरेको थियो। 

अध्यक्षमा नियुक्त भएका भट्टसँग पुँजी बजार र नेपाली पुँजी बजारका बारेमा खासै ज्ञान छैन। जलस्रोत इन्जिनियरिङ गरेका हमालले एमबीए पनि गरेका छन्। 

उनको अनुभव पनि खासै छैन। रियलस्टेट एजेन्टका रुपमा काम गरेको बाहेक बजारका बारेमा खासै अनुभव छैन। उनीभन्दा अनुभवी र जानकारी रहेका भट्ट र पोखेलले भने नियुक्त पाएनन्। 

हमाललाई चर्चित बिचौलिया दीपक भट्टले बोकेका थिए। भट्टले  अर्थमन्त्रीदेखि  प्रधानमन्त्री पत्नीसम्म लाइन मिलाएर हमाललाई नियुक्ति दिलाउन सफल भएका छन्। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend