बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

गुह्येश्वरीमा हवाई इन्धनको डिपो सार्न प्राधिकरणले जग्गा उपलब्ध गराउन ढिलाइ गर्दा प्रक्रिया अघि बढेन

मंगलबार, असार २४ २०८२
गुह्येश्वरीमा हवाई इन्धनको डिपो सार्न प्राधिकरणले जग्गा उपलब्ध गराउन ढिलाइ गर्दा प्रक्रिया अघि बढेन

निगमले गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स नजिक नयाँ डिपो निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुर्‍याइसकेको छ। तर, प्रस्तावित स्थानमा आवश्यक जग्गा औपचारिकरूपमा उपलब्ध नगराइएका कारण डिपो स्थानान्तरणको कार्य अवरुद्ध भएको हो।

काठमाडौं- नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा अवस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा सार्न थालेको प्रक्रिया नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराउन ढिलाइ गरेपछि अघि नबढेको जनाएको छ।

निगमले गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स नजिक नयाँ डिपो निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुर्‍याइसकेको छ। तर, प्रस्तावित स्थानमा आवश्यक जग्गा औपचारिकरूपमा उपलब्ध नगराइएका कारण डिपो स्थानान्तरणको कार्य अवरुद्ध भएको हो।

यसअघि प्राधिकरणलाई पटक-पटक पत्राचार गर्दै निगमले चारकिल्ला निर्धारण, निर्माणस्थल खाली गराउने, आवश्यक रुख कटान तथा नेपाली सेनाको पुरानो भवन हटाउनेजस्ता काममा सहयोग मागेको थियो। तर, कुनैपनि काममा ठोस प्रगति नभएको भन्दै निगमले असन्तोष प्रकट गरेको छ।

निगमका अनुसार विमानस्थलको मुख्य ट्याक्सी वेमै डिपो रहनु सुरक्षा दृष्टिले जोखिमपूर्ण भएको र अन्तर्राष्ट्रिय उडान सञ्चालनमै बाधा पुर्‍याउने अवस्था सिर्जना हुनसक्ने देखिएको छ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सम्बन्धित निकायलाई पत्र पठाएर तत्काल आवश्यक समन्वय गर्न आग्रह गरेको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend